परिचय – लमही नगर बिकास समिति

परिचय

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०४५।४।९ को निर्णयानुसार राप्ती अञ्चलका अञ्चलाधिसको अध्यक्षतामा लमही नगर विकास समिति गठन भएको हो । देशको शासन व्यवस्था परिवर्तन भए अनुसार ऐन कानुन समेत वदलिदा हाल नगरपालिकाका प्रमुख अध्यक्ष रहने र नगरपालिकाको वैठकवाट ३ जना प्रत्यक्ष निर्वाचित वडा अध्यक्ष र २ जना समाजसेवीवाट मनोनय गरेका सदस्य तथा कार्यालयका ५ जना पदेन सदस्य समेत लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव रहेको समिति निर्माण हुने गरेको छ । दाङ्ग अन्तरगत पूर्व वगई सोता, पश्चिम अर्जुन खोला, उत्तर लोकमार्ग र दक्षिण खैरी लंगडी कस्यपुर यति चार किल्ला भित्र यो समिति अवस्थित रहेको छ । यस समितिले अव्यवस्थित वसोवास लाई व्यवस्थित शहरीकरण गर्ने, आफ्ने कार्यक्षेत्रभित्र वसोवास गरेका व्यक्तिहरुलाइ भौतिक सुविधा दिने, आफ्नो सम्पत्ती व्यक्ती सरह वेच विखन तथा अन्य किसिमले वन्दोवस्त गर्न सक्ने नगर विकास ऐन २०४५ को दफा ५.१ को उपदफा ४.१ वमोजिम गठीत समिति अविछिन्न उत्तराधिकारवाला एक स्वाशित र संगठित संस्था हो ।