लमही नगर विकास समितिको मिति २०७८।६।५ को वैठकको निर्णय – लमही नगर बिकास समिति

लमही नगर विकास समितिको मिति २०७८।६।५ को वैठकको निर्णय

प्रकाशित मिति :

आज मिति २०७८ साल 6 महिना 5 गतेका दिन यस लमही नगर विकास समितिका अध्यक्ष श्री कुल वहादुर के.सी. ज्यूको अध्यक्षतामा तपशिल बमोजिमको उपस्थितिमा वैठक वसी तपशिल वमोजिम निर्णय गरियो ।

 

 

उपस्थिति

१. श्री कुल वहादुर के.सी. अध्यक्ष,  लमही नगर विकास समिति, लमही, दाङ्ग

२. श्री देविलाल कुमाल, जिल्ला समन्वय समिति, घोराही, दाङ्ग ।

३. श्री ……………………………… इलाका प्रशासन कार्यालय, लमही, दाङ्ग ।

४. श्री ……………………………….. मालपोत कार्यालय, लमही, दाङ्ग ।

५. श्री …………………………………नापी कार्यालय, लमही, दाङ्ग ।

६. श्री …………………………………डिभिजन वन कार्यालय, देउखुरी, लमही, दाङ्ग

७. श्री मोहन गिरी, सदस्य लमही नगर विकास समिति, लमही, दाङ्ग ।

८. श्री सुवास न्यौपाने, सदस्य लमही नगर विकास समिति, लमही, दाङ्ग ।

९. श्री गणेशमान चौधरी, सदस्य लमही नगर विकास समिति, लमही, दाङ्ग ।

१०. श्री गोमा वस्नेत, सदस्य लमही नगर विकास समिति, लमही, दाङ्ग ।

११. श्री धुप नारायण चौधरी, सदस्य लमही नगर विकास समिति, लमही, दाङ्ग ।

१२. श्री गेहेन्द्र वहादुर डाँगी, सदस्य सचिव लमही नगर विकास सिमित, लमही

 

प्रस्तावहरु

१. चौधौं चरणमा घडेरी विक्री वितरण सम्वन्धमा ।

२. बसपार्क टेण्डर गर्ने सम्वन्धमा ।

३. सटर नं. १ देखि ११  तथा स्टल नं. १ देखि ३९ को भाडा नविकरण सम्वन्धमा ।

  1. विविध ।

 

 

 

 

 

 

 

 

 

निर्णय नं. १

प्रस्ताव नं. १ चौधौं चरणमा घडेरी विक्री वितरण गर्ने सम्वन्धमा आजको बोर्ड वैठकमा छलफल गर्दा यस लमही नगर विकास समितिवाट आ.व. ०७८।०७९ मा विभिन्न विकास निर्माणका कार्यहरु गर्न वजेटको आवश्यकता रहेकोले तपसिलको शर्तहरु मान्य हुने गरी तपसिल वमोजिमका घडेरीहरु बोलपत्र वढावढ द्वारा विक्री वितरणका लागि शिलवन्दी बोलपत्र आव्हान गर्ने ।

तपिसल

सि.नं. प्लट नं. सडकको चौडाई घडेरीको ‍औसत साईज मिटरमा

(चौडाई Xलम्वाई)

घडेरीको क्षेत्रफल वर्गमिटरमा घडेरीको क्षेत्रफल धुरमा प्रतिकट्ठा मूल्य  घडेरीको न्युनतम मूल्य घडेरीको किसिम कैफियत
1 508 12 (6+15.5)X21.30 229=00 13=50 88,00,000.00 59,48,800.00 Jofkf/Ls ;fdfGo
2 847 12 9X36 324=00 19=00 88,00,000.00 84,17,200.00 Jofkf/Ls ;fdfGo
3 854 12 22X6.72 148=00 8=50 88,00,000.00 38,45,600.00 Jofkf/Ls ;fdfGo
4 857 8 11X23 253=00 15=00 44,00,000.00 32,86,800.00 cfjfl;o ;fdfGo
5 860 8 11X23 253=00 15=00 44,00,000.00 32,86,800.00 cfjfl;o ;fdfGo
6 862 12X8 12.62X23 291=00 17=00 45,00,000.00 38,65,500.00 Jofkf/Ls कर्नर
7 890 8 11X22.50 238=00 14=00 45,00,000.00 30,91,000.00 cfjfl;o कर्नर
8 891 8 8X23 184=00 10=75 42,00,000.00 22,80,600.00 cfjfl;o ;fdfGo
9 892 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
10 893 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
11 894 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
12 895 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
13 896 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
14 897 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
15 898 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
16 899 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
17 900 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
18 901 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
19 902 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
20 903 8 11X21.25 248=00 14=50 44,00,000.00 32,20,800.00 cfjfl;o कर्नर
21 918 8 11X24 262=00 15=50 44,00,000.00 34,03,400.00 cfjfl;o कर्नर
22 919 8 11X24 264=00 15=50 42,00,000.00 32,73,900.00 cfjfl;o ;fdfGo
23 920 8 11X23.45 258=00 15=00 42,00,000.00 31,98,300.00 cfjfl;o ;fdfGo
24 921 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
25 922 8 11X23 264=00 15=50 42,00,000.00 32,73,900.00 cfjfl;o ;fdfGo
26 923 8 13.30X23 305=00 18=00 42,00,000.00 37,82,100.00 cfjfl;o ;fdfGo
27 924 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
28 925 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
29 926 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo
30 927 8 11X23 253=00 15=00 42,00,000.00 31,37,400.00 cfjfl;o ;fdfGo

 

 

घडेरी सम्वन्धी शर्तहरु

  1. यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० औं दिन अर्थात मिति २०७८।७।१४ गते भित्र कार्यालय समयमा वोलपत्र फाराम खरिद गरि ३१ औं दिन अर्थात मिति २०७८।७।१५ गते दिनको १२.०० वजे भित्रमा दर्ता गराई सक्नु पर्नेछ । खरिद तथा दाखिला गर्ने अन्तिम दिन विदा पर्न गएमा सो को भोलिपल्ट सोही समयमा सो कार्य गरिने छ।

२. बोलपत्र फाराम रु. ३,०००।- (पछि फिर्ता नहुने गरी) नगदै समितिको कार्यालयमा बुझाई प्राप्त गर्न  सकिने छ । ‌

  1. बोलपत्र फारामको साथ व्यक्ती भए नेपाली नागरिकताको प्रमाण पत्र, संघ संस्था कम्पनी भए कर चुक्ता, ईजाजत पत्र नविकरण लगायतका कागजात पेश गर्नुपर्ने छ ।
  2. आफुले कवोल गरेको मूल्य अंक र अक्षरमा प्रष्ट संग लेख्नु पर्नेछ । अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईने छ ।
  3. बोलपत्रकर्ताले घडेरीको मूल्य कवोल गर्दा तोकिएको न्युनतम मूल्यमा नघट्ने गरी घडेरीको मूल्य उल्लेख गर्नुपर्ने छ ।

६. दर्ता हुन आएका शिलवन्दी बोलपत्रहरु ३1 औं दिनको २.०० वजे समितिका पदाधिकारी, आवेदनकर्ता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । बोलपत्रकर्ता उपस्थित नभएमा पनि वोलपत्र खोल्न कुनै वाधा पर्ने छैन ।

  1. शिलवन्दी बोलपत्रमा कवोल गरिएको रकम वरावर हुन गएमा चिट्ठा (गोला) प्रकृया द्वारा छुट्याईने छ।
  2. शिलवन्दी बोलपत्र फाराम साथ आफुले लिन चाहेको घडेरीको लागि कवोल गरेको अंकको कम्तीमा १०% (दश प्रतिशत) रकम यस समितिको लमही स्थित कृषि विकास बैंकको खाता नं. 0919001011898011 मा जम्मा गरेको छुट्टा छुट्टै सक्कलै बैंक भौचर पेश गर्नुपर्ने छ ।

९. घडेरी प्राप्त गर्ने व्यक्तिले घडेरी पाउने निर्णय भएको मितिले घडेरीको कवोल मूल्यको पहिलो किस्ता 30% (तिस प्रतिशत) ९० दिन भित्र, दोश्रो किस्ता ३०% (तिस प्रतिशत) १८० दिन भित्र र तेश्रो किस्ता ३०% (तिस प्रतिशत) २७० दिन भित्र वुझाई सक्नु पर्नेछ र धरौटी वापत जम्मा गरेको रकम अन्तिम किस्तामा मिलान गरिनेछ ।

  1. घडेरी प्राप्त गर्ने व्यक्तीले घडेरी वापतको प्रथम किस्ता रकम तोकिएको अवधि भित्र नवुझाएमा धरौटि वापत जम्मा गरेको रकम जफत गरी घडेरी समितिकै नाममा राखिने छ । साथै अन्य किस्ता रकम तोकिएको समय अवधि भित्र नवुझाएमा प्रतिदिन ०.१% का दरले विलम्व शुल्क लाग्नेछ ।
  2. घडेरी प्राप्त गर्ने व्यक्तीले पूर्ण वा आंसिक किस्ता रकम अग्रिम जम्मा गरेमा शर्त विपरित भएको मानिने छैन ।
  3. समितिवाट प्राप्त घडेरीहरु टुक्रा वा कित्ताकट गर्न पाईने छैन ।
  4. रित नपुगेको वा म्याद नाघी आएका बोलपत्र फारमहरु लाई मान्यता दिईने छैन ।
  5. पेश भएका बोलपत्र फाराम स्विकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस समितिमा निहित रहनेछ ।
  6. शिलवन्दी बोलपत्र फाराम भित्र धरौटी वापतको रकम नगद राख्न पाईने छैन । नगद राखेको पाईएमा स्वतः रद्द भएको मानिनेछ ।
  7. घडेरीको नक्सा तथा घडेरी सम्वन्धी अन्य जानकारीको लागि कार्यालय समय भित्र सम्पर्क राख्न सकिने छ । फोन नं. ०८२-४१७००३

१७. यसमा उल्लेखित शर्तहरु अतिरिक्त अन्य कुराहरु प्रचलित कानुन वमोजिम हुने छ ।

 

 

 

 

 

 

 

 

निर्णय नं. २.

प्रस्ताव नं.४ विविध विषमा छलफल गर्दा लमही क्रिकेट मैदान भित्र निर्माण गरिने ग्रयाण्ड स्ट्याण्ड व्लक निर्माण गर्नको लागि यस आर्थिक वर्ष २०७८।०७९ को वार्षिक कार्यक्रममा वजेट समेत विनियोजित गरेकोले सो कार्यको डिजाईन नक्सा तथा लागत अनुमान रु. ५ लाखको अधिनमा रही परामर्स सेवा वाट खरिद गर्ने ।

 

निर्णय नं. 3.

प्रस्ताव नं. ४ विविध विषयमा छलफल गर्दा यस समितिको नाममा दर्ता श्रेष्ता रहेको प्लानिङ्ग क्षेत्र चैलाही २ च कि.नं. ९४९, ९५१ र ९५३ को जग्गाको प्लटिङ्ग गर्न यस कार्यालयवाट नापी कार्यालय लमही दाङ्ग लाई अनुरोध गरेकोमा नापी कार्यालयवाट प्लटीङ्ग गरी क्षेत्रफल समेत कायम गरी पेश गरेकोले कार्यालय समय भन्दा वाहेक अतिरिक्त कामकाज गरेको पारिश्रमिक भत्ता रकम रु. 83,560।-(अक्षरुपी त्रियासी हजार पाँच सय साठी रुपैया) माग भै आएको हुँदा सो रकम उपलव्ध गराउने ।

 

निर्णय नं. ४.

प्रस्ताव नं. ४ विविध विषयमा छलफल गर्दा यस समितिको स्वामित्वमा रहेको लमही वहुउद्देश्यिय व्यापारिक भवनमा जडान रहेको जेनेरेटर सर्भिसिङ्ग गरे वाफतको रकम रु.54,974।50 (अक्षरुपी चौवन्न हजार नौ सय चौहत्तर र पैसा पचास) भुक्तानी गर्ने ।